मधेस प्रदेशमा कृषि मन्त्रीले लागु गराए निःशुल्क कृषि मिटर

धनुषा । मधेस प्रदेशका पालिकमा किसानका लागि कृषि मिटर निःशुल्क गर्ने प्रक्रिया कार्यान्वयनमा ल्याइएको छ ।
मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले निःशुल्क कृषि मिटरबारेमा मन्त्रालयका सचिव डा.नम्रता सिंह र नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका कार्यालय प्रमुख मुनिन्द्र ठाकुरसँग आइतबार छलफल गरेर सो प्रक्रिया अगाडि बढाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
मधेस प्रदेशभित्रका १३६ पालिकाका लागि कृषि विद्युतीकरण गर्ने बारेमा मन्त्री कुशवाहाले छलफललाई अगाडि बढाएका छन् । यसअघि विभिन्न जिल्लाको पालिकामा कृषि मिटर निःशुल्क दिने निर्णय भएपनि कार्यान्वयनमा आएका थिएन । त्यसलाई मन्त्री कुशवाहाले कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
सप्तरीको राजविराज, रूपनी, छिनमस्ता, बिष्णुपुर, बलान बिहुल, बोदेबरसाइन, खड़क, सुरूँगा, अग्निसाइर पालिका, धनुषाको सबैला, क्षिरेश्वर, बटेश्वर, सहिदनगर, बिदेह, जनकनन्दनी, हंसपुर, कमला, धनौजी, मुखियापट्टी मुसरनिया, मिथिला बिहारी, नगराइन, औरही, लक्ष्मीनिया, जनकपुरधाममा कृषि मिटर निःशुल्क दिने भएको छ ।
महोतरीको औरही, गौशाला, सम्सी, भंगहा, एकडारा, पिपरा, मनारा सिसवा, मटिहानी, बलवा, महोतरी, रामगोपालपुर सर्लाहीको ईश्वरपुर, बसवरिया, रौतहटको मौलापुर, देवाही गोनाही, कटहरिया, माधवनारायण, गढिमाई, दुर्गा भगवती, पर्साको बीरगंजमा कृषि मिटर निःशुल्क दिने भएको छ ।
निःशुल्क मिटर प्राप्तबाहेकका जिल्लाको नेपाल विद्युत् प्रधिकरणका कार्यालयका प्रमुखसँग भेटी यस कार्यक्रमका लागि छलफल गर्न मन्त्री कुशवाहाले निर्देशन दिएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको मापदण्ड अनुसार कृषि बिजुली पालिकाले तिर्नु पर्ने र पूर्वाधार निर्माणका लागि बजेट छुट्याउनुपर्ने उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते
-
पहलगाम आतङ्कवादी हमलाको जसपा नेपालद्वारा निन्दा, क्षेत्रीय शान्तिका लागि संवादको आग्रह
-
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !