केनको कीर्तिमानमा सिटीलाई स्पर्सको झट्का
सोमबार, २३ माघ २०७९, ०७ : १६
लण्डन । ह्यारी केनको कीर्तिमानी गोलमा टोटनहम हटस्पर्सले प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । केनले जिमी ग्रिभेसको कीर्तिमान भंग गर्दै क्लबका लागि आफ्नो व्यक्तिगत गोल सङ्ख्या २६७ पुर्याएका हुन् ।
इंग्ल्याण्डका कप्तानले खेलको १५ औँ मिनेटमा गोल नै खेलमा निर्णायक बनेको थियो । यो गोल लिगमा उनको २ सयौँ गोल थियो । उनीभन्दा अघि एलन सिएरर (२६० गोल) र वेयन रुनी (२०८ं) गोल मात्र रहेका छन् ।
खेलको अन्त्यतिर क्रिस्टियन रोमेरोले रातो कार्ड पाउँदै मैदान छाड्न परेपछि स्पर्स १० खेलाडीमा सीमित भएको थियो । स्पर्ससँग पराजित भएपछि सिटीको लिग उपाधि जित्ने होडमा ठुलो धक्का लागेको छ । २१ खेलबाट ४५ अङ्क बटुल्दै सिटी लिगको दोस्रो स्थानमा छ भने २२ खेलबाट ३९ अङ्क बटुल्दै स्पर्स पाँचौँ स्थानमा कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण