मधेस प्रदेश सरकारमा सहभागी हुँदै माओवादी, मंगलबार १ बजे शपथ ग्रहण
जनकपुरधाम । मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुने भएको छ । गत माघ २० गते भएको मन्त्रिपरिषद् विस्तारमा सहभागी नभएको माओवादी केन्द्र मङ्गलवार सरकारमा सहभागी हुन लागेको स्रोतले जनाएको छ । माओवादी केन्द्र अन्ततः एक मन्त्री र एक राज्यमन्त्री लिएर मधेस प्रदेशको मन्त्रिमण्डलमा सहभागी हुन लागेको हो ।
माओवादीले उद्योग, पर्यटन तथा वन मन्त्रालय र एक राज्यमन्त्री पाउने भएको छ । उद्योग मन्त्रालयमा माओवादी केन्द्रले सुनिता यादवलाई पठाउने भएको छ । त्यस्तै उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले जिम्मेवारी पाएको स्रोतले जनाएको छ । मधेस प्रदेशमा माओवादी केन्द्रका ९ सांसद रहेका छन् ।
गत माघ २० गते मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी केन्द्र मधेस प्रदेशमा पार्टी अध्यक्ष प्रचण्डकै निर्देशनमा सरकारमा सहभागी भएको थिएन । माओवादीलाई एक मन्त्री र एक राज्यमन्त्री मात्रै दिने अडान मुख्यमन्त्रीले राखेपछि अन्ततः माओवादी सरकारमा सहभागी हुन लागेको एक सांसदले बताए ।
मधेस प्रदेश दलका नेता भरतप्रसाद साहले माओवादीलाई एउटा विकासे र एउटा प्रशासनिक मन्त्रालय दिने तयारी गरिएको बताउँदै आएका थिए । दुवै मन्त्रीको शपथ मङ्गलवार दिउँसो हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण