राष्ट्रियसभामा तीन वटा विधेयक सर्वसम्मतिले पारित
काठमाडौँ । राष्ट्रियसभाबाट तीन वटा विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक–२०७६, अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक–२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्यांकन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी उनले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीकोतर्फबाट पेश गरेको अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पनि पारित गरिएको छ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ पारित गरियोस भन्ने प्रस्ताव कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले पेश गरेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार अपरान्ह ५ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण