राष्ट्रियसभामा तीन वटा विधेयक सर्वसम्मतिले पारित
_rAqREvwFfI.jpg)
काठमाडौँ । राष्ट्रियसभाबाट तीन वटा विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक–२०७६, अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक–२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्यांकन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी उनले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीकोतर्फबाट पेश गरेको अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पनि पारित गरिएको छ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ पारित गरियोस भन्ने प्रस्ताव कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले पेश गरेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार अपरान्ह ५ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान तनाव : मध्यपूर्वबाट नेपाल आउने जहाजको रुट लम्बियो, भाडा बढ्नसक्ने
-
महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै
-
कानुन दिवस कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीदेखि सभामुखसम्म (फोटोफिचर)
-
तस्बिरमा हेर्नुहोस् नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला
-
भारत र पाकिस्तानमा क्रिकेट खेलिरहेका इङ्ल्यान्डका यी चर्चित दाजु–भाइ सुरक्षालाई लिएर चिन्तित
-
नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक