गुल्मीमा जलाइयो प्रधानमन्त्री केपी ओलीको पुत्ला (भिडियो)
गुल्मी । गुल्मीमा नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । विप्लव नेतत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मी जिल्ला कमिटीले शुक्रबार पुत्ला दहन गरेको हो ।
पार्टीको पूर्वनिर्धारित कार्यक्रमका लागि विहानै देखि सुरुक्षाकर्मीहरुको वाक्लो उपस्थिति रहेको थियो । त्यसका वावजुद् पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सदरमुकाम तम्घासमा पुत्ला दहन गर्न विप्लवका कार्यकर्ता सफल भएका छन् ।
संगठनले हिजै पत्रकार सम्मलेन गरी प्रधानमन्त्री ओलीको पुत्ला दहन कार्यक्रम रहेको कुरा जानकारी गराई सकेको थियो ।
आज दिउँसो करिब सवा १ बजेको समयमा सो पार्टीका गुल्मी जिल्ला ईञ्चार्ज धिरज राना, सेक्रेटरी खिम खड्का लगायतका नेता र कार्यकर्ताहरुले तम्घासको अर्घाखाँची जिपपार्कमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

सो पार्टीका दुई जना नेतालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको र भोलि जनप्रदर्शनको कार्यक्रम रहेको जिल्ला सेक्रेटरी खिम खड्काले जानकारी दिए ।
भिडियोमा समस्या भए यहाँ क्लिक गर्नुहोला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग
-
भारत–नेपाल ऊर्जा सहकार्य थप मजबुत बनाइने
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
-
साउन महिना नजिकिँदै जाँदा किनमेल गर्नेहरूको चहलपहल, तस्बिरहरू
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण