धनुषामा अवैध उत्खनन गर्ने ९ टिपर प्रहरीको नियन्त्रणमा
मङ्गलबार, २४ माघ २०७९, २० : १४
जनकपुरधाम । अवैध रूपमा बालुवा गिट्टी उत्खनन गर्ने टिपरलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित जलाद खोलाबाट अवैध उत्खनन गर्ने ९ टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जलाद खोलामा बालुवा गिट्टी उत्खनन गरी जनकपुरतर्फ आउने क्रममा वडा प्रहरी कार्यालय रेल्वे र मुजेलियाबाट खटेको प्रहरी टोलीले ९ टिपरलाई नियन्त्रणमा लिएको हो । टिपरलाई नियन्त्रणमा लिएपनि प्रहरीले चालकहरूलाई छाडिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले ना ८ ख ३६२, ना ८ ख २०४६, ना ७ ख ६३९५, ना १ ख ६८५, ना ७ ख ९०२७, प्रदेश ००१ ख १८९९, ना ८ ख २२०, प्रदेश २–०३–००१ क १९७६ र एउटा अन टेस्ट टिपर नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिएको ९ वटै टिपरलाई आवश्यक कारबाहीका लागि प्रहरीले जिल्ला समन्वय समितिको कार्यालय धनुषालाई जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा