धनुषामा अवैध उत्खनन गर्ने ९ टिपर प्रहरीको नियन्त्रणमा
मङ्गलबार, २४ माघ २०७९, २० : १४
जनकपुरधाम । अवैध रूपमा बालुवा गिट्टी उत्खनन गर्ने टिपरलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित जलाद खोलाबाट अवैध उत्खनन गर्ने ९ टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जलाद खोलामा बालुवा गिट्टी उत्खनन गरी जनकपुरतर्फ आउने क्रममा वडा प्रहरी कार्यालय रेल्वे र मुजेलियाबाट खटेको प्रहरी टोलीले ९ टिपरलाई नियन्त्रणमा लिएको हो । टिपरलाई नियन्त्रणमा लिएपनि प्रहरीले चालकहरूलाई छाडिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले ना ८ ख ३६२, ना ८ ख २०४६, ना ७ ख ६३९५, ना १ ख ६८५, ना ७ ख ९०२७, प्रदेश ००१ ख १८९९, ना ८ ख २२०, प्रदेश २–०३–००१ क १९७६ र एउटा अन टेस्ट टिपर नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिएको ९ वटै टिपरलाई आवश्यक कारबाहीका लागि प्रहरीले जिल्ला समन्वय समितिको कार्यालय धनुषालाई जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण