चन्दनाथ नगरपालिकाद्वारा आगलागी पीडितलाई राहत वितरण
मङ्गलबार, २४ माघ २०७९, २० : १९

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ ।
चन्दननाथ-१ ठिन्केका आगलागी पीडित लोगबहादुर भण्डारीलाई मंगलबार कार्यवाहक नगरप्रमुख नवराज देवकोटाले राहत वितरण गरेका हुन् ।
नगरपालिकाले पीडित लोगबहादुर भण्डारीलाई १ लाख ५० हजार रुपैयाँको चेक प्रदान गरिएको कार्यवाहक नगरप्रमुख देवकोटाले बताए ।
सोमबार राति आगलागीबाट उनकी १६ वर्षकी छोरी वन्दना भण्डारीको मृत्यु भएको थियो।
अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र धनमाल नष्ट भएर बेसहारा बनेका ५ जना घरपरिवारलाई राहत उपलब्ध गराइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियामा एनओसी खोल्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र
-
डोटीमा सेती नदीमा बगेर १० वर्षीय बालक बेपत्ता
-
काठमाडौँ महानगर कार्यालयमा फोहर पानी प्रशोधन प्रणाली जडान
-
निजी क्षेत्रलाई विश्वासमा लिन सरकारले बनाउने नीति प्रतिगामी नभई प्रगतिशिल हुनुपर्छ : अध्यक्ष अग्रवाल
-
कांग्रेस सांसद माया राईविरूद्ध अदालतमा मुद्दा दर्ता
-
लोकसेवाको उत्तरपुस्तिका आफैँ बोकेर गएपछि...