चन्दनाथ नगरपालिकाद्वारा आगलागी पीडितलाई राहत वितरण
मङ्गलबार, २४ माघ २०७९, २० : १९
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ ।
चन्दननाथ-१ ठिन्केका आगलागी पीडित लोगबहादुर भण्डारीलाई मंगलबार कार्यवाहक नगरप्रमुख नवराज देवकोटाले राहत वितरण गरेका हुन् ।
नगरपालिकाले पीडित लोगबहादुर भण्डारीलाई १ लाख ५० हजार रुपैयाँको चेक प्रदान गरिएको कार्यवाहक नगरप्रमुख देवकोटाले बताए ।
सोमबार राति आगलागीबाट उनकी १६ वर्षकी छोरी वन्दना भण्डारीको मृत्यु भएको थियो।
अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र धनमाल नष्ट भएर बेसहारा बनेका ५ जना घरपरिवारलाई राहत उपलब्ध गराइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सुधनको पुनरागमन, हाइप्रोफाइल पक्राउको आक्रामक शृङ्खलामा अदालतको ‘ब्रेक’
-
इन्डोनेसियाको पापुआमा विद्रोहीद्वारा अमेरिकी पाइलट मारेको दाबी
-
विपन्न विद्यार्थी पढाउन अक्षयकोष स्थापना
-
पोर्चुगल र क्रोएसियाबिचको खेलका क्रममा किन भयो तनाव ?
-
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
-
अन्तिम १६ मा स्थान बनाएसँगै पोर्चुगलको स्पेनसँग भेट पक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण