आवास निर्माणका लागि गाउँपालिकाले एक लाख रुपैयाँ दिने

जुम्ला । तीन वर्षदेखि टहरामा बास बस्दै आएकी जुम्लाकी बीजमाया जैसीको आवास अभियानका लागि गुठिचौर गाउँपालिकाले एक लाख रुपियाँ विनियोजन गरेको छ ।
गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको बैठकले तत्काल एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरिएको बताए ।
गाउँपालिकाले आवासका लागि सो रकम विनियोजन गर्ने निर्णय गरेपछि आवास बन्ने आशा जागेको छ ।
गुठिचौर ५ निवासी ४० वर्षीय बीजमाया जैसीको ३ वर्षदेखि हिउँले घर भत्किदा परिवार टहरामा बसिरहेको छ ।
गाउँपालिकामा दिएको निवेदन अनुसार गाउँपालिकाले बजेट विनियोजन गरेकोले घर बन्ने केही आशा जागेको जैसीले बताइन् ।
जैसीको परिवारमा श्रीमान्, १५ वर्षीय छोरा र ११ वर्षीय छोरी छन् । सबै जना त्यही टहरामा बस्न बाध्य छन् ।
१२ वर्षअघि घर छोडेर गएका श्रीमान् घर फर्केको तर ज्यान मात्रै लिएर आएको जैसी बताउँछिन्।
गुठिचौर गाउँपालिका उपाध्यक्ष शान्ति मल्ल भण्डारीले घरबास विहीन जैसीको घर निर्माणका लागि पालिकाले सुरुवात गरेको र थप सहयोगको प्रयास गरिरहेको बताइन्।प्रमुख प्रशासकीय अधिकृत देवकी रावतले थप सहयोगका लागि कानुन अनुसार मिल्ने केही बजेट भएमा पनि गाउँपालिकाले प्राथमिकता दिने आश्वासन दिइन् ।
उनले आवासका लागि अन्य गैरसरकारी संस्था तथा निकायहरूले पनि थोरै थोरै सहयोग गर्न अनुरोध गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ
-
पाकिस्तानमा हिन्दु डाक्टरको गोली हानेर हत्या
-
भारतमा फेरि बढे कोरोनाका बिरामी, सचेत रहन डब्ल्युएचओको आग्रह
-
सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु
-
नुवाकोटमा टाटासुमो दुर्घटना, २ जनाको निधन, ११ जना घाइते
-
मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यान्वयन गर्न आयोगको माग