आवास निर्माणका लागि गाउँपालिकाले एक लाख रुपैयाँ दिने
जुम्ला । तीन वर्षदेखि टहरामा बास बस्दै आएकी जुम्लाकी बीजमाया जैसीको आवास अभियानका लागि गुठिचौर गाउँपालिकाले एक लाख रुपियाँ विनियोजन गरेको छ ।
गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको बैठकले तत्काल एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरिएको बताए ।
गाउँपालिकाले आवासका लागि सो रकम विनियोजन गर्ने निर्णय गरेपछि आवास बन्ने आशा जागेको छ ।
गुठिचौर ५ निवासी ४० वर्षीय बीजमाया जैसीको ३ वर्षदेखि हिउँले घर भत्किदा परिवार टहरामा बसिरहेको छ ।
गाउँपालिकामा दिएको निवेदन अनुसार गाउँपालिकाले बजेट विनियोजन गरेकोले घर बन्ने केही आशा जागेको जैसीले बताइन् ।
जैसीको परिवारमा श्रीमान्, १५ वर्षीय छोरा र ११ वर्षीय छोरी छन् । सबै जना त्यही टहरामा बस्न बाध्य छन् ।
१२ वर्षअघि घर छोडेर गएका श्रीमान् घर फर्केको तर ज्यान मात्रै लिएर आएको जैसी बताउँछिन्।
गुठिचौर गाउँपालिका उपाध्यक्ष शान्ति मल्ल भण्डारीले घरबास विहीन जैसीको घर निर्माणका लागि पालिकाले सुरुवात गरेको र थप सहयोगको प्रयास गरिरहेको बताइन्।प्रमुख प्रशासकीय अधिकृत देवकी रावतले थप सहयोगका लागि कानुन अनुसार मिल्ने केही बजेट भएमा पनि गाउँपालिकाले प्राथमिकता दिने आश्वासन दिइन् ।
उनले आवासका लागि अन्य गैरसरकारी संस्था तथा निकायहरूले पनि थोरै थोरै सहयोग गर्न अनुरोध गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सुधनको पुनरागमन, हाइप्रोफाइल पक्राउको आक्रामक शृङ्खलामा अदालतको ‘ब्रेक’
-
इन्डोनेसियाको पापुआमा विद्रोहीद्वारा अमेरिकी पाइलट मारेको दाबी
-
विपन्न विद्यार्थी पढाउन अक्षयकोष स्थापना
-
पोर्चुगल र क्रोएसियाबिचको खेलका क्रममा किन भयो तनाव ?
-
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
-
अन्तिम १६ मा स्थान बनाएसँगै पोर्चुगलको स्पेनसँग भेट पक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण