लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु

दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि मतदान सुरु भएको हो । राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो ।
निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरूले अहिले मतदान गरिरहेका छन् । मतदान स्थलमा २ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
मतदान केन्द्र ‘क’ मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुका लागि मतदानको व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । कुल मतदाता सङ्ख्या ३ सय ५ रहेको लुम्बिनीमा प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना छन् । नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय