अर्थ
नेप्सेको उत्साह एकदिन पनि टिकेन, दोस्रो दिननै ७ अंकको गिरावट
बुधबार, २५ माघ २०७९, १५ : २०
काठमाडौं । राष्ट्र बैंकको छ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक भएको भोलिपल्ट नै ७६ अंकमाथिले बढेको नेप्सेको उत्साह एकदिन पनि टिक्न सकेन ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज दोस्रो दिन नै नेप्से सूचक ७.१३ अंकले घट्दै २१ सय ७०.२१ अंकमा झरेको हो ।
यद्यपि, कारोबार भने अघिल्लो दिनको तुलनामा आज केही बढेको छ । यसदिन ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख २ हजार कित्ता सेयर किनबेच भएको छ ।
अघिल्लो दिन ७६ अंकमाथिले नेप्से बढ्दा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनीको अधिकतम ११ करोड २८ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपि पावर कम्पनीको १० करोड २१ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
१३ वटा उपसूचक मध्ये आज १३ वटै उपसूचक ऋणात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण