लुम्बिनीका मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा न्यौपाने
बुधबार, २५ माघ २०७९, २३ : १४

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा दधिराम न्यौपानेलाई नियुक्त गरेका छन्। मुख्यमन्त्री गिरीले बुटवल उपमहानगरपालिका ११ निवासी शर्मालाई बुधबार प्रमुख सल्लाहकारमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री गिरीले प्रदेश सरकारका कामहरूमा राजनीतिक समन्वय र आवश्यक सल्लाह लिने गरी प्रमुख राजनीतिक सल्लाहकारमा न्यौपानेलाई नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। न्यौपाने नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज समेत हुन् ।
उनी रुपन्देही क्षेत्र नम्बर १ को ‘ख’ मा कांग्रेसका अब्दुल रज्याकसँग पराजित भएका थिए । लामो समयदेखि नेकपा माओवादी केन्द्रमा सक्रिय शर्माले नेकपा विभाजन गर्ने अदालतको आदेशसँगै नेकपा एमाले रोजेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा टेलिकमको फोरजी मोबाइल सेवा विस्तार
-
१५ प्रतिशतभन्दा माथि बेरुजु हुने स्थानीय तह एउटा मात्रै
-
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण : नेता भट्टराई
-
बेपत्ता छानबिन र सत्यनिरुपण आयोग पदाधिकारी नियुक्ति गर्ने मन्त्रिपरिषद्को तयारी
-
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ, एक वर्षमा ९१ अर्ब ५९ करोड ८४ लाख रुपैयाँ थप
-
रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति ह्रास भइरहेको छ : सहमहामन्त्री डिना