शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फेब्रुअरी १४ मा ‘काउ हग डे’ मनाउन अपिल

बिहीबार, २६ माघ २०७९, १० : ०२
बिहीबार, २६ माघ २०७९

फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे को दिन ‘काउ हग डे’ मनाउन अपिल गरिएको छ । सुन्दा अचम्म लाग्दा, यस्तो दिवस पनि मनाइन्छ र ? भन्ने प्रश्न उठ्ला तर भारतीय पशु कल्याण बोर्डले यस्तो अपिल गरेको हो ।

गाईको महत्त्व र मानव जीवनमा यसको योगदानलाई मध्यनजर गर्दै यो दिवस मनाउन बोर्डले अपिल गरेको छ । बोर्डले भारतमा पश्चिमी सभ्यताको बढ्दो प्रभावको पनि उल्लेख गरेको छ ।

भारतको पशु कल्याण बोर्डले भनेको छ, ‘गाई भारतीय संस्कृति र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड हो, यसले हाम्रो जीवनलाई समृद्ध बनाउँछ । यसले पशुधन र जैविक विविधताको प्रतिनिधित्व गर्छ । पाश्चात्य संस्कृतिको विकासका कारण समय बित्दै जाँदा वैदिक परम्परा लगभग लोप हुने अवस्थामा पुगेको छ । पश्चिमी सभ्यताको चकाचौंधले हाम्रो भौतिक संस्कृति र सम्पदालाई लगभग बिर्सिसकेको अवस्था छ ।’

‘गाईको अथाह लाभलाई ध्यानमा राख्दै, गाईलाई अँगालो मार्दा भावनात्मक समृद्धि ल्याउनेछ र हाम्रो व्यक्तिगत र सामूहिक सुखमा वृद्धि हुनेछ । त्यसैले गाईको महत्त्वलाई ध्यानमा राख्दै सबै गौ प्रेमीहरूले पनि फेब्रुअरी १४ लाई ‘गौ आलिङ्गन दिवस’का रूपमा मनाउनुहोस् ।’

फेब्रुअरी १४ लाई सामान्यतया विश्वभर भ्यालेन्टाइन डेको रूपमा मनाइन्छ । यसलाई प्रेम दिवस पनि भनिन्छ । दक्षिणपन्थी सङ्गठनहरूले भ्यालेन्टाइन डेको विरोध गर्दै यसलाई पश्चिमी संस्कृतिको साइड इफेक्ट भनेका छन् । यो अपिलको चर्चा सामाजिक सञ्जाल भरी पनि छ ।

यस विषयमा टिएमसी सांसद महुआ मोइत्राले ट्विट गरे, ‘त्यसैले अब सरकारले हाम्रा लागि भ्यालेन्टाइन डेको योजना पनि बनाएको छ ।’

तथ्य जाँचकर्ता मोहम्मद जुबैरले लेखेका छन्, ‘सुरुमा मलाई यो गलत समाचार हो भन्ने लागेको थियो । थुप्रै समाचार च्यानल र भेरिफाइड च्यानलको तर्फबाट यी ट्विट मैले अर्काइभ पनि गरेँ । पछि थाहा भयो कि यो गलत समाचार होइन । वास्तविक रहेछ । पशु कल्याण बोर्ड अब १४ फेब्रुअरीमा गाईलाई अँगालो हाल्न अपिल गरिरहेको छ किनभने यसले शान्ति र आनन्द बढ्नेछ ।’

गाईलाई अँगालो हाल्ने चलन

नेदरल्याण्डमा आफ्नो हेरचाह गर्ने परम्परा केही समय अघि चर्चामा आएको थियो ।

स्थानीय भाषामा यसलाई ‘काउ नफलेन’ भनिन्छ जसको अर्थ गाईलाई अँगालो हाल्नु हो ।

cowयो परम्परा गाईको छेउमा बस्दा पाइने मनको शान्तिमा आधारित छ ।

गाईलाई अँगालो हाल्नेहरू कुनै फर्ममा जान्छन् त्यहाँ कुनै एउटा गाईसँग घण्टौँ नजिकै बस्छन् । गाईको पिठ्यूँ थपथपाउनु र ऊ नजिकै बस्नु र उसलाई अँगालो हाल्नु, यो सबै थेरापीको हिस्सा हो ।’

गाईलाई तपाईँलाई चाट्छ भने यसले बताउँछ कि तपाईँ र ऊबिचको विश्वास कति गहिरो छ ।

न्यानो शरीरको तातो तापमान, ढिलो गरी धड्किने मुटु र त्यसको ठुलो आकारले नजिकै बस्नेलाई शान्तिको अनुभव दिन्छ । यो एक सुखदायी अनुभव हो । मानिसलाई मात्रै होइन, यसले गाईलाई पनि सुखद अनुभव गराउँछ । यो उनीहरूको पिठ्यूँमा सुमसुम्याएको जस्तै हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप