शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
काठमाडौँका सडकपेटीमा असरल्ल निर्माण सामग्री, तस्बिरमा हेर्नुस्
फोटो

काठमाडौँका सडकपेटीमा असरल्ल निर्माण सामग्री, तस्बिरमा हेर्नुस्

बिहीबार, २६ माघ २०७९

काठमाडौँ । त्यसै पनि काठमाडौँका अधिकांश सडकमा भिडभाड हुन्छ । त्यसमाथि सडक किनारामा असरल्ल छाडिने निर्माण सामग्रीले फुटपाथमा यात्रा गर्ने जो कोही पैदल यात्रीले सास्ती नपाउने कुरै छैन । अन्यत्रको त कुरै छाडौँ काठमाडौँको मुटु मानिने नक्साल, कमलपोखरी र हात्तीसार क्षेत्रका अधिकांश सडक पेटीमा निर्माण सामग्री, इँटा रड लगायतका वस्तुहरू राखिएका छन् । 

यो दृश्य देख्दा लाग्छ–सडक पेटी पैदल यात्रीका लागि नभएर निर्माण सामाग्री थुपार्न बनाइएको हो । राजधानीका कतिपय सडक पेटीमा निर्माण सामग्रीबाहेक विद्युत् प्राधिकरणका क्याबिनेट, तार राखेर ओगटिएपछि पैदल यात्रीहरू सडकबाटै हिँड्न बाध्य बनेका देखिन्छन् । प्राय सरकार परिवर्तनसँगै आउने मन्त्रीहरूले सुरुमा सडक पेटीमा भएको अतिक्रमण हटाउन चासो देखाउने गरे पनि यसको दीर्घकालीन समाधान खोज्ने दरिलो नीति नबन्दा सहरको सौन्दर्यता मानिसनुका साथै कतिपय स्थानमा दुर्घटना समेत निम्तने गरेका छन् ।

तस्बिरहरु हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया