‘परदेशी २’ को सरेको हो त रिलिज ?
काठमाडौँ । ‘परदेशी २’ को रिलिज मिति सर्ने भएको छ । आगामी फागुन ५ गते आउने भनिएको फिल्म यो मितिमा प्रदर्शन नहुने भएको छ ।
फिल्मको प्राविधिक लगायत केही काम अझै बाँकी रहेकोले फिल्म फागुन ५ मा रिलिज हुन नसक्ने निर्माण युनिटले जानकारी दिएको छ । फिल्मका निर्माता निर्देशक नारायण रायमाझी हुन् ।
‘फिल्मको केही दृश्य अझै खिच्नुपर्ने छ । प्राविधिक कार्यपनि सकिएको छैन । सायद अहिले भनेको फागुनको मितिमा फिल्म नआउन सक्छ’, निर्देशक रायमाझीले भने ‘पहिले फिल्म राम्रो बनाउँछौं, अनि प्रदर्शन गरौला ।’ फिल्म कहिले आउँछ अहिले भन्न नसकिने उनको भनाइछ ।
पछिल्लो समय फिल्मको व्यवसाय राम्रो भएको छैन । रिलिज भएका फिल्मले लगानी समेत उठाउन नसकेको अवस्था हो । त्यसैले रिलिज तोकिएपनि निर्माताहरु विभिन्न बहना देखाएर फिल्मपछि सार्ने गरिरहेका छन् ।
‘परदेशी– २’ सन् २०१५ मा प्रदर्शनमा आएको फिल्म ‘परदेशी’ को सिक्वेल हो । फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, दिलीप रायमाझी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, सबिन बास्तोला, रमा थपलिया, भिमा मैनाली, रोशनी कार्की लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण