शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘परदेशी २’ को सरेको हो त रिलिज ?

बिहीबार, २६ माघ २०७९, १४ : २१
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । ‘परदेशी २’ को रिलिज मिति सर्ने भएको छ । आगामी फागुन ५ गते आउने भनिएको फिल्म यो मितिमा प्रदर्शन नहुने भएको छ । 

फिल्मको प्राविधिक लगायत केही काम अझै बाँकी रहेकोले फिल्म फागुन ५ मा रिलिज हुन नसक्ने निर्माण युनिटले जानकारी दिएको छ । फिल्मका निर्माता निर्देशक नारायण रायमाझी हुन् ।

‘फिल्मको केही दृश्य अझै खिच्नुपर्ने छ । प्राविधिक कार्यपनि सकिएको छैन । सायद अहिले भनेको फागुनको मितिमा फिल्म नआउन सक्छ’, निर्देशक रायमाझीले भने ‘पहिले फिल्म राम्रो बनाउँछौं, अनि प्रदर्शन गरौला ।’ फिल्म कहिले आउँछ अहिले भन्न नसकिने उनको भनाइछ ।

पछिल्लो समय फिल्मको व्यवसाय राम्रो भएको छैन । रिलिज भएका फिल्मले लगानी समेत उठाउन नसकेको अवस्था हो । त्यसैले रिलिज तोकिएपनि निर्माताहरु विभिन्न बहना देखाएर फिल्मपछि सार्ने गरिरहेका छन् ।

‘परदेशी– २’ सन् २०१५ मा प्रदर्शनमा आएको फिल्म ‘परदेशी’ को सिक्वेल हो । फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, दिलीप रायमाझी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, सबिन बास्तोला, रमा थपलिया, भिमा मैनाली, रोशनी कार्की लगायतका कलाकारको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप