नेपाली चलचित्रमा भारतीय कलाकारको अभिनय
काठमाडौँ । भारतको हैदरावादस्थित रामोजी स्टुडियोमा छायाङ्कन भइरहेको चलचित्र ‘ह्रस्वदीर्घ’ मा नेपाली कलाकारसँगै भारतीय कलाकार ब्रह्मानन्दम् र अली देखिएका छन् ।
ब्रह्मानन्दम् ढाकाटोपी, कुर्ता र धोतीमा प्रस्तुत छन् भने अलि राजस्थानी ‘लुक्स’मा देखिएका छन् । भारतको तामिल र तेलुगु चलचित्रमार्फत नेपालमा समेत यी दुईको प्रसंशक राम्रै छन् । सँगै रहेका अभिनेता रवीन्द्र झा पण्डितको वेशभूषामा प्रस्तुत छन् ।
अभिनेत्री नीता ढुङ्गाना निर्मात्री रहेको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरिरहेका छन् । “बाह्र दिनसम्म रामोजी स्टुडियोमै छायाङ्कन हुनेछ । त्यसपछि आग्रास्थित ताजमहल र नेपालमा छायाङ्कन गर्ने तयारी गरेका छौँ”, निर्मात्री ढुङ्गानाले भनिन्। युवापुस्ताको प्रेमलाई विम्ब बनाएर कथा तयार गरिएको चलचित्रमा नेपाली कलाकार सरोज खनाल, विपना थापा, हरिहर अधिकारी, आयुश मिश्रालगायतको अभिनय रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण