सातवटा एम्बुलेन्स बागमतीका यी अस्पताललाई हस्तान्तरण
मकवानपुर । बागमती प्रदेश सरकारले उक्त प्रदेशअन्तर्गतका विभिन्न स्थानका सातवटा अस्पताललाई आज हेटौँडामा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
बागमती प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रद्वारा सातवटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । आपूर्ति केन्द्रका अनुसार प्रदेशको वुकुलर अस्पताल रत्ननगर, रामेछाप अस्पताल, मेथिनकोट अस्पताल काभ्रे, वज्रबाराही अस्पताल चापागाउँ ललितपुर, भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल काठमाडौँ तथा पशुपति चौलागाईं स्मृति अस्पताल दोलखालाई एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएकोे हो ।
केन्द्रका अनुसार ती एम्बुलेन्स (ख) वर्गको रहेको तथा प्रतिएम्बुलेन्स रु ५२ लाख ९० हजारमा खरिद गरिएको बताइएको छ । सात वटा एम्बुलेन्सको कूल खरिद मूल्य रु तीन करोड ७० लाख ३० हजार रहेको छ ।
आपूर्ति केन्द्रद्वारा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले अस्पतालका सम्बन्धित निकायलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण