रौतहटको गौर बजार २ दिन बन्दको आव्हान
बिहीबार, २६ माघ २०७९, २० : ५७

रौतहट । राजस्व विभागको ज्यादतीविरुद्ध उद्योग वाणिज्य संघ रौतहटले जिल्ला सदरमुकाम गौर बजार २ दिन बन्द गर्न आव्हान गरेको छ ।
संघका अध्यक्ष पंडित प्रसाद जैसवालले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै गौर बजार बिहीबार र शुक्रबार बन्द गर्न आव्हान गरेका हुन् । विभागले चेकजाँचको नाममा छापामारी गौरका व्यवसायीहरूलाई आतंकित बनाउने र अनावश्यक दुःख दिने गरेको भन्दै संघले बजार बन्दको आव्हान गरेको हो ।
बिहीबार बसेको व्यवसायीहरूको बैठकले बिहीबार र शुक्रबार बजार बन्द गर्ने निर्णय गरेको थियो । समस्याको समाधान नभए थप आन्दोलन गर्ने व्यवसायीहरूले चेतावनी दिएको छन् ।