विप्लवसहित चार कम्युनिस्ट पार्टी एकताबद्ध भएर जाने विषयमा छलफल
शुक्रबार, २७ माघ २०७९, ११ : ४६
काठमाडौँ । संसद् बाहिर भएका चार कम्युनिस्ट पार्टीहरूले एकताबद्ध भएर जाने विषयमा छलफल गरेका छन् । शुक्रवार काठमाडौँमा भेट भई चार पार्टी मोर्चा बन्दी गरेर जाने विषयमा छलफल गरेका हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी र कर्णजीत बुढामगर नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीहरू माओवाद मान्नेहरू एक भएर जाने विषयमा छलफल गरेका हुन् ।
माओवादी पृष्ठभूमि र माओवाद मान्नेहरू एक ठाउँमा उभिनुपर्ने निष्कर्षमा पुगेको नेकपा माओवादी समाजवादी पार्टीका अध्यक्ष कर्णजित बुढामगरले बताए । आगामी फागुन १ गते जनयुद्ध दिवसमा एकै ठाउँमा मनाउने तयारी गरिएको बुढामगरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण