विमानस्थलका महाप्रबन्धक निलम्बनसँगै अनुसन्धानका लागि अख्तियारलाई आग्रह
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गैरकानुनी लाभ लिने उद्देश्यले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग ठाकुरले कुराकानी गरेको पाइएपछि निलम्बन गरेको हो ।
निलम्बनसँगै मन्त्रालयले थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ ।
‘नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको हुँदा सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गर्न माननीय मन्त्री स्तरीय निर्णयअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियारलाई आयोगलाई अनुरोध गरी पठाइने निर्णय पनि भएको प्रवक्ता राजेन्द्र कुमार केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण