संघीय लोकतन्त्रको आधारस्तम्भ स्थापित भएको छ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतन्त्रको आधार स्तम्भ स्थापित भएको बताएकी छिन् । शुक्रवार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शान्तिपूर्ण भूमिका खेल्ने नेपाल सरकार निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी तथा जनताहरूलाई धन्यवाद दिइन् ।
उनले नेपालको संविधान कार्यान्वयनको ७ वर्षको अभ्यास र अनुभव महत्त्वपूर्ण रहेको बताउँदै सङ्घीय लोकतन्त्रको आधार स्तम्भ स्थापित भएको उल्लेख गरिन् । उनले भनिन्– ‘संविधान कार्यान्वयन, सङ्घीय शासन व्यवस्था कार्यान्वयन र सञ्चालन र लोकतन्त्रको व्यवहारिक सुदृढीकरणका लागि हामीले अवलम्बन गरेका नीति निर्माण गरिएका कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको छ । देशलाई यहाँसम्म ल्याइपुर्याउन जनताले विगतमा गरेको राजनीतिक संघर्षको स्मरण गर्दै यस घडीमा अग्रजहरूप्रति सम्मान र अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’
उनले अघिल्लो सङ्घीय संसद् र हालको सङ्घीय संसद्ले आफूलाई काम गर्न सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण