नेपाललाई थोत्रा विद्युतीय सवारीको उद्गमस्थल बन्नबाट रोक्नुपर्छ-अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसनको ४६औ वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौती रहेको बताएका हुन ।
उनले भने,'विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार छ । तर, नेपाल पुराना र थोत्रा सवारीको उद्गमस्थल बन्नबाट रोक्नु पर्छ ।'
'नेपाली बजार गुणस्तरीय विद्युतीय सवारीको आयत लागि मात्र खुला छ भन्ने स्पष्ट पार्न चाहन्छु,' अर्थमन्त्रीले भने, 'विद्युतीय सवारीको आयात र प्रयोग गर्ने निहुँमा गुणस्तरहीन आयत रोक्नुपर्छ ।'
यस्तै अर्थमन्त्री पौडेलले सवारीसाधनलाई सरकारले कहिल्यै विलासिताको बस्तुको सूचीमा नराखेको बताए । उनले राज्यले सबैभन्दा धेरै लगानी सडक क्षेत्रमा गर्ने भएकाले सोही सडकमा कुद्ने सवारीसाधनलाई विलासिताको बस्तुको सूचीमा राख्न नसकिने प्रस्ट्याए ।
यद्यपि, राज्य कोषमा रहेको विदेशी मुद्राको सञ्चित घटेकाले केही बाध्यतावश समय सवारी साधनको आयात रोक्नुपरेको विषय व्यवसायीहरूले बुझ्नुपर्ने पौडेलको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण