अस्पताल परिसरभित्रै प्रहरीले डाक्टरमाथि लाठी चार्ज गरेपछि चिकित्सक संघको विरोध
काठमाडौँ । नेपाल चिकित्सक संघले अस्पताल परिसरभित्रै प्रहरीले डाक्टरमाथि लाठी चार्ज गरेको भन्दै विरोध गरेको छ । शुक्रबार नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका बरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसर भित्रै प्रहरीले लाठी चार्ज गरी गम्भीर घाईते बनाएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसर भित्रै प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाईते बनाइनु अत्यन्तै दुःखद र अस्वभनीय कार्य भएको भएको विज्ञप्तिमा उल्लेख छ ।
‘सुरक्षाकर्मीबाटै गरिएको यस प्रकारको अस्वाभाविक र अत्यन्तै भत्र्सना योग्य गतिविधिप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दै उक्त घटनामा संलग्न दोषी सुरक्षाकर्मीलाई अविलम्ब “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संधोधन ऐन २०७९” बमोजिम कडा भन्दा कडा कानूनी कारवाही गर्न यस संघ जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
आजको २४ घण्टा भित्र दोषीमाथी कानूनी कारवाही नगरिए आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले डाक्टरमाथि लाठीचार्ज गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण