महिला टी–ट्वान्टी विश्वकपमा आज दुई खेल
शनिबार, २८ माघ २०७९, १२ : ०५
आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा आज शनिबार दुई खेल हुदैछ । आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरु हुदैछन् ।
आज हुने पहिलो खेलमा इङ्ल्यान्डले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा रहेका दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै दुबै टोली प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छन् । आज नै हुने दोस्रो खेलमा समूह ‘ए’ मा रहेका साबिक बिजेता अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
पार्लस्थित बोल्याण्ड पार्कमा दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १०ः४५ बजे आयोजना हुनेछ । प्रतियोगितामा १० टोलीको सहभागीता छ । सहभागी १० टोलीलाई ५-५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ ।
दुई समूहमा शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण