डाक्टरमाथि कुटपिट प्रकरणमा राष्ट्रपतिले माफी माग्नुपर्छ: ज्ञानेन्द्र शाही
काठमाडौँ । राप्रपाका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले डाक्टरमाथि भएको कुटपिट प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीले माफी माग्नुपर्ने बताएका छन् । उनले राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकलाई कुट्ने प्रहरीमाथि पनि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् ।
शुक्रवार दिउँसो राष्ट्रपति भण्डारी सङ्घीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटोमा हिँडेको भन्दै ट्रमा सेन्टरका चिकित्सक डा जनिथलाल सिंह कुटिएका थिए ।
प्रजातान्त्रिक मुलुकमा बाटोमा हिँडेका आम नागरिकलाई कुटपिट गर्नु र त्यसमाथि अति संवेदनशील मानिएको चिकित्सक क्षेत्रमाथि नै यो कार्य हुनु आपत्तिजनक र निन्दनीय कार्य भएको शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिलाई सम्मान दिनुपर्ने भए पनि जनतालाई सास्ती दिएर गरेको सम्मानको अर्थ नहुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण