डाक्टरमाथि कुटपिट प्रकरणमा राष्ट्रपतिले माफी माग्नुपर्छ: ज्ञानेन्द्र शाही

काठमाडौँ । राप्रपाका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले डाक्टरमाथि भएको कुटपिट प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीले माफी माग्नुपर्ने बताएका छन् । उनले राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकलाई कुट्ने प्रहरीमाथि पनि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् ।
शुक्रवार दिउँसो राष्ट्रपति भण्डारी सङ्घीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटोमा हिँडेको भन्दै ट्रमा सेन्टरका चिकित्सक डा जनिथलाल सिंह कुटिएका थिए ।
प्रजातान्त्रिक मुलुकमा बाटोमा हिँडेका आम नागरिकलाई कुटपिट गर्नु र त्यसमाथि अति संवेदनशील मानिएको चिकित्सक क्षेत्रमाथि नै यो कार्य हुनु आपत्तिजनक र निन्दनीय कार्य भएको शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिलाई सम्मान दिनुपर्ने भए पनि जनतालाई सास्ती दिएर गरेको सम्मानको अर्थ नहुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हडताल सुरु
-
मध्यपुरथिमि नगरपालिकाको आन्तरिक आम्दानी रु २४ करोड
-
मुुख्यमन्त्रीको उपस्थितिमा कोरला नाकामा सुरक्षा बैठक
-
उपत्यकामा हुने कालोबजारी र अवाञ्छित गतिविधिको निगरानी गर्न प्रहरीलाई सर्कुलर
-
मनाङको स्याउ मनाङमै खपत
-
रातोपाटी ब्रिफिङ : स्थानीय तहमा डरलाग्दो भ्रष्टाचार, वायु सेवा निगमलाई ऋणको भार