निजी क्षेत्रले बैंकको ऋण बिना पीपीपी मोडलमा काम गर्नुपर्छ : राजेन्द्र मल्ल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी दिनमा निजी क्षेत्रले बैंकको ऋण बिनै ठुला काम गर्नुपर्ने अवस्था आएको बताएका छन् । बैंकसँग ऋण लिँदा अहिलेको समस्या निम्तिएको स्मरण गर्दै अध्यक्ष मल्लले आगामी दिनमा निजी क्षेत्रले ऋण बिनै काम गर्ने योजना बनाउनुपर्ने बताएका हुन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै ऋण तिर्ने समयमा केही खुकुलो बनाइदिएको छ । यसले ऋणीलाई केही सहज हुने भए पनि हालसम्म लिएको ऋणको सावा र ब्याज चुक्ता गरेपछि आगामी दिनमा बैंकसँगको ऋण कारोबार घटाउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।
उनले भने, ‘निजी क्षेत्रले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा काम गर्नुपर्छ ।’ नाडा अटोमोबाइल्स एसोसिएसनको ४६औँ वार्षिक साधारण सभामा बोल्दै यस्तो बताएका हुन् । भावी दिनमा ऋणका लागि बैंकसम्म धाउन पर्ने व्यवस्था नै हटाउनुपर्ने मल्लको भनाइ छ ।
पश्चिमाहरूले समेत पीपीपी मोडललाई अपनाएको हुँदा नेपालमा समेत सोही प्रकारको संस्कार भित्र्याउनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण