आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अटोमोबाइल क्षेत्र अर्थतन्त्रको खम्बा हो : अध्यक्ष गोल्छा

शनिबार, २८ माघ २०७९, १२ : २७
शनिबार, २८ माघ २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रलाई चलायमान गरिरहेको बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसनको ४६औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष गोल्छाले अटोमोबाइल्स क्षेत्र देशको अर्थतन्त्रको खम्बा भएको बताए ।

उनले यो क्षेत्रले सबैभन्दा धेरै राजश्व बुझाउनुका साथै सबैभन्दा धेरै रोजगारी सृजना समेत गरिरहेको जानकारी गराए । गोल्छाले भने, ‘अटोमोबाइल्स क्षेत्रलाई धेरैले प्रदुषण गराउने, विदेशी मुद्राको सञ्चिती रित्याउने, सडक जाम गराउने लगायतका आरोप लगाउँछन् । यीमध्ये केही सत्यता भए पनि अटोमोबाइल्स क्षेत्रबिना देशको अर्थतन्त्र चल्न सक्दैन ।’

अटोमोबाइल्स क्षेत्रले देशमा सबैभन्दा धेरै रोजगारी सृजना गरेको र यसबाट देशको समग्र अर्थतन्त्र चलायमान बनेको गोल्छाको भनाइ छ । यस्तै, देशमा उठ्ने कूल राजश्वमा अटोमोबाइल्स क्षेत्रको सबैभन्दा ठूलो योगदान रहेको समेत उनको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप