अटोमोबाइल क्षेत्र अर्थतन्त्रको खम्बा हो : अध्यक्ष गोल्छा
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रलाई चलायमान गरिरहेको बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसनको ४६औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष गोल्छाले अटोमोबाइल्स क्षेत्र देशको अर्थतन्त्रको खम्बा भएको बताए ।
उनले यो क्षेत्रले सबैभन्दा धेरै राजश्व बुझाउनुका साथै सबैभन्दा धेरै रोजगारी सृजना समेत गरिरहेको जानकारी गराए । गोल्छाले भने, ‘अटोमोबाइल्स क्षेत्रलाई धेरैले प्रदुषण गराउने, विदेशी मुद्राको सञ्चिती रित्याउने, सडक जाम गराउने लगायतका आरोप लगाउँछन् । यीमध्ये केही सत्यता भए पनि अटोमोबाइल्स क्षेत्रबिना देशको अर्थतन्त्र चल्न सक्दैन ।’
अटोमोबाइल्स क्षेत्रले देशमा सबैभन्दा धेरै रोजगारी सृजना गरेको र यसबाट देशको समग्र अर्थतन्त्र चलायमान बनेको गोल्छाको भनाइ छ । यस्तै, देशमा उठ्ने कूल राजश्वमा अटोमोबाइल्स क्षेत्रको सबैभन्दा ठूलो योगदान रहेको समेत उनको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण