शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थी संगठनलाई चुनावमा जिताउन लोसपाको निर्देशन

शनिबार, २८ माघ २०७९, १५ : ४६
शनिबार, २८ माघ २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले स्ववियु चुनावमा आफ्नो भातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघलाई सहयोग गर्न पार्टीका सम्पूर्ण संगठनलाई निर्देशन दिएको छ । चैत ५ गते हुन गइरहेको स्ववियुको निर्वाचनमा लोकतान्त्रिक विद्यार्थी संघलाई निर्वाचनको लागि आवश्यक तयारी गर्न र विशेष रुपमा सक्रिय भइ चुनाव जिताउन संघमा आवद्ध नेता तथा कार्यकर्ताहरुलाई लोसपाले निर्देशन दिएको हो ।

लोसपा निकट लोकतान्त्रिक विद्यार्थी संघले देशका सम्पूर्ण कलेजमा उम्मेदवारी दिने तयारी गरिरहेको छ । उक्त संगठनले विचार र सिद्धान्त मिल्ने अन्य विद्यार्थी संगठनसँग तालमेलका लागि पनि पहल गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप