विद्यार्थी संगठनलाई चुनावमा जिताउन लोसपाको निर्देशन
शनिबार, २८ माघ २०७९, १५ : ४६
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले स्ववियु चुनावमा आफ्नो भातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघलाई सहयोग गर्न पार्टीका सम्पूर्ण संगठनलाई निर्देशन दिएको छ । चैत ५ गते हुन गइरहेको स्ववियुको निर्वाचनमा लोकतान्त्रिक विद्यार्थी संघलाई निर्वाचनको लागि आवश्यक तयारी गर्न र विशेष रुपमा सक्रिय भइ चुनाव जिताउन संघमा आवद्ध नेता तथा कार्यकर्ताहरुलाई लोसपाले निर्देशन दिएको हो ।
लोसपा निकट लोकतान्त्रिक विद्यार्थी संघले देशका सम्पूर्ण कलेजमा उम्मेदवारी दिने तयारी गरिरहेको छ । उक्त संगठनले विचार र सिद्धान्त मिल्ने अन्य विद्यार्थी संगठनसँग तालमेलका लागि पनि पहल गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण