पोखरा लेकसाइडको सेलवेज टावरमा आगलागी
शनिबार, २८ माघ २०७९, १७ : ४६
पोखरा । पोखरा स्थित लेकसाइडको सेलवेज टावरमा आगलागी भएको छ । लेकसाइड हल्लनचोकमा रहेको सेलवेज टावरका अन्डरग्राउण्डमा विद्युत सर्ट भइ आगलागी हुँदा त्यहाँ भएका पसल तथा रेष्टुरेन्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका हरि पौडेलका अनुसार करिब आधा घण्टा अगाडिदेखि आगलागी भएको हो ।
आगलागी नियन्त्रणमा लिइरहेका दमकल चालक रामजी केसीका अनुसार आगलागी नियन्त्रण नजिक छ । ‘आधा घन्टा भयो । अब आगलागी नियन्त्रण लिँदैछौं ।’ स्रोतका अनुसार बिजुली सर्ट भएपछि आगलागी भएको हो । उक्त भवनमा हिमालयन जाभा, नबिल बैंकको शाखा लगायत पनि रहेका छन्।
क्षतिको विवरण करोडभन्दा माथि नै आउने प्रारम्भिक अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण