लेकसाइडको आगलागी साढे २ घण्टापछि नियन्त्रणमा
पोखरा । पोखरा स्थित लेकसाइडको सेलवेज टावरमा लागेको आगलागी झन्डै साढे २ घण्टापछि निभाइएको छ ।
लेकसाइड हल्लनचोकमा रहेको सेलवेज टावरका अन्डरग्राउन्डमा विद्युत् सर्ट भई दिउँसो साढे ३ बजेदेखि आगलागी भएको थियो । आगलागी भएको साढे २ घण्टापछि ६ बजे नियन्त्रणमा लिइएको कास्की प्रहरीका इन्स्पेक्टर र हरि पौडेलले बताए । डिपार्टमेन्टको अन्डरग्राउन्डबाट सुरु भएको आगोले सेलवेज डिपार्टमेन्ट स्टोरसहित सप, दोर्जेज बार एन्ड ग्रिल, नासा ट्रेकिङ इकुप्मेन्ट लगायत पसल र केही बैंकका एटीएम मेसिनहरूमा पनि क्षति पुगेको छ ।
अन्डरग्राउन्डबाट सुरु भएको आगलागी नियन्त्रणमा लिन ३ वटा दमकल प्रयोग भएको थियो । दमकल चालक रामजी केसीका अनुसार आगलागी भएको क्षण भरमा पुग्दा पनि एम्बुलेन्स जान नसक्दा कठिन भएको हो । ‘पोखरा महानगरपालिकाका २ वटा र अन्तर्राष्ट्रिय विमानस्थलका १ वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा आयो,’ उनले भने । उक्त भवनमा हिमालयन जाभा, नबिल बैंकको शाखा लगायत पनि रहेका थिए । क्षतिको यकिन विवरण भने आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण