लेकसाइडको आगलागी साढे २ घण्टापछि नियन्त्रणमा

पोखरा । पोखरा स्थित लेकसाइडको सेलवेज टावरमा लागेको आगलागी झन्डै साढे २ घण्टापछि निभाइएको छ ।
लेकसाइड हल्लनचोकमा रहेको सेलवेज टावरका अन्डरग्राउन्डमा विद्युत् सर्ट भई दिउँसो साढे ३ बजेदेखि आगलागी भएको थियो । आगलागी भएको साढे २ घण्टापछि ६ बजे नियन्त्रणमा लिइएको कास्की प्रहरीका इन्स्पेक्टर र हरि पौडेलले बताए । डिपार्टमेन्टको अन्डरग्राउन्डबाट सुरु भएको आगोले सेलवेज डिपार्टमेन्ट स्टोरसहित सप, दोर्जेज बार एन्ड ग्रिल, नासा ट्रेकिङ इकुप्मेन्ट लगायत पसल र केही बैंकका एटीएम मेसिनहरूमा पनि क्षति पुगेको छ ।
अन्डरग्राउन्डबाट सुरु भएको आगलागी नियन्त्रणमा लिन ३ वटा दमकल प्रयोग भएको थियो । दमकल चालक रामजी केसीका अनुसार आगलागी भएको क्षण भरमा पुग्दा पनि एम्बुलेन्स जान नसक्दा कठिन भएको हो । ‘पोखरा महानगरपालिकाका २ वटा र अन्तर्राष्ट्रिय विमानस्थलका १ वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा आयो,’ उनले भने । उक्त भवनमा हिमालयन जाभा, नबिल बैंकको शाखा लगायत पनि रहेका थिए । क्षतिको यकिन विवरण भने आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमबारे ज्ञानेन्द्र : नखाऊँ भने दिनभरीको सिकार, खाउँ भने कान्छाबाउको अनुहार
-
नेपाली एसटीसी ब्याट्री उद्योगको उत्पादन आयातितभन्दा ४० प्रतिशत सस्तो, भारतमा निर्यात सुरु
-
‘हामीलाई ५/१० दिनमा लाइसेन्स चाहिएको छ, यता पानीजहाज कार्यालय उद्घाटन गर्ने काम हुँदैछ’
-
पाँच करोडभन्दा बढी रकम दुरुपयोग गरेको भन्दै बारा हुलाक कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
ट्यारिफको कारण अमेरिकामा महँगी बढेको आशङ्का
-
बीसीसीआईको निर्णयले पञ्जाबका समर्थकलाई झट्का