अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकियो
शनिबार, २८ माघ २०७९, २० : ३१
एजेन्सी । प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा चेल्सी वेस्ट ह्याम युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा चेल्सीले सुरुआती अग्रता बनाएको थियो । सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले अंक बाँड्नु परेको हो ।
खेलको १६ औं मिनेटमा जाओ फेलिक्सले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा इमर्सन पाल्मेरीले गोल गर्दै वेस्ट ह्यामलाई १-१ गोलको बराबरीमा ल्याए । बराबरीसँगै चेल्सीले २२ खेलमा ३१ अंक जोडेर चेल्सी नवौं स्थानमा छ । यता वेस्ट ह्याम २० अंक जोडेर १५ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण