सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकियो

शनिबार, २८ माघ २०७९, २० : ३१
शनिबार, २८ माघ २०७९

एजेन्सी । प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा चेल्सी वेस्ट ह्याम युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा चेल्सीले सुरुआती अग्रता बनाएको थियो । सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले अंक बाँड्नु परेको हो ।

खेलको १६ औं मिनेटमा जाओ फेलिक्सले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा इमर्सन पाल्मेरीले गोल गर्दै वेस्ट ह्यामलाई १-१ गोलको बराबरीमा ल्याए ।  बराबरीसँगै चेल्सीले २२ खेलमा ३१ अंक जोडेर चेल्सी नवौं स्थानमा छ । यता वेस्ट ह्याम २० अंक जोडेर १५ औं स्थानमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप