जितपुर आगलागी : क्षतिकाे मूल्यांकन हुँदै
बारा । जितपुर सीमरा उपमहानगरपालिका वडा नं ७ जीतपुरस्थित सिटी मार्केटमा आगलागी हुँदा ८ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएको छ । आज बिहान विद्युत्त सर्ट हुँदा सुरु भएको आगलागी १ घन्टापछि नियन्त्रणमा आएको हो । स्थानीय व्यवसायी अनिल साहको रेडिमेड कपडा पसलबाट सुरु भएको आगलागीबाट करिब ८ वटा कपडा पसल पूर्ण रुपमा क्षति भएको र अन्य केही पसलमा आंशिक क्षति भएको जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले जनाएका छन् ।

दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र व्यवसायीको सहयोगमा आगो नियन्त्रणमा आएको शर्माले जानकारी दिए । आगलागीबाट कति क्षति भयो भन्ने विषयमा मूल्यांकन भइरहेको छ । सो आगलागीको घटनालाई लिएर बारा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले १ महिनाको तलब सहयोग स्वरुप प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधिसभा सदस्य श्रेष्ठले स्थानीय प्रशासन प्रमुखलाई आगलागी घटनाका पीडित व्यवसायीहरुका लागि छिटो राहत तथा क्षतिपूर्ति प्रदान गरी सहयोग गर्न निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण