जितपुर आगलागी : क्षतिकाे मूल्यांकन हुँदै

बारा । जितपुर सीमरा उपमहानगरपालिका वडा नं ७ जीतपुरस्थित सिटी मार्केटमा आगलागी हुँदा ८ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएको छ । आज बिहान विद्युत्त सर्ट हुँदा सुरु भएको आगलागी १ घन्टापछि नियन्त्रणमा आएको हो । स्थानीय व्यवसायी अनिल साहको रेडिमेड कपडा पसलबाट सुरु भएको आगलागीबाट करिब ८ वटा कपडा पसल पूर्ण रुपमा क्षति भएको र अन्य केही पसलमा आंशिक क्षति भएको जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले जनाएका छन् ।
दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र व्यवसायीको सहयोगमा आगो नियन्त्रणमा आएको शर्माले जानकारी दिए । आगलागीबाट कति क्षति भयो भन्ने विषयमा मूल्यांकन भइरहेको छ । सो आगलागीको घटनालाई लिएर बारा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले १ महिनाको तलब सहयोग स्वरुप प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधिसभा सदस्य श्रेष्ठले स्थानीय प्रशासन प्रमुखलाई आगलागी घटनाका पीडित व्यवसायीहरुका लागि छिटो राहत तथा क्षतिपूर्ति प्रदान गरी सहयोग गर्न निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
कैलाश चौधरी सुदूरपश्चिममा फेरि मन्त्री बन्ने
-
भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र