लघुवित्तका कारण यति धेरै मान्छे मरे, तर हामी किन मौन : चन्द्र भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले लघुवित्तका कारण ४० जना मानिसले आत्महत्या गरेका समाचार बाहिर आएका भन्दै यसबारे सरकारले संसद्लाई सत्यतथ्य जानकारी दिनुपर्ने बताएका छन् ।
आइतबारको बैठकमा बोल्दै नेता भण्डारीले यति धेरै मानिसले आत्महत्या गर्दा पनि हामी किन मौन भनेर प्रश्न गरे ।
‘लघुवित्तका कारण चर्को व्याज र सेवा सुविधाका नाममा लिइने चर्को लेनदेनका कारण खासगरी ग्रामीण भेगमा ४० जनाले आत्महत्या गरेका समाचार आइरहेका छन्’, उनले भने, ‘तर यति धेरै मानिसहरूले आत्महत्या गर्दा पनि हामी मौन छौ ।’ सांसद भण्डारीले यसबारे जानकारी दिन संसदमार्फत सरकारलाई आग्रह गर्दै अनुसन्धान समेत गर्नुपर्ने बताए ।
‘यसबारेमा जानकारी पाउनुपर्यो, सरकारले सुरक्षित गर्नुपर्यो । यो भन्दा ठुलो अपराध मानव इतिहासमा अरू केही पनि हुनसक्दैन’, भण्डारीको भनाइ छ ।
उनले नेपालको न्यायप्रणाली कति छिटोछरितो छ भन्ने रवि लामिछाने प्रकरणले देखाइसकेको भन्दै गर्न चाहे नहुने केही पनि असम्भव नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण