नियोजितरुपमा भुक्तानी ढिलाइ गर्ने कर्मचारीमाथि कारबाही हुने
आइतबार, २९ माघ २०७९, १६ : ५८
काठमाडौं । अब आयोजना तथा परियोजनाको सिर्जित दायित्वको भुक्तानी नियोजित रूपमा रोक्ने कर्मचारीमाथि कारबाही हुने भएको छ ।
आइतबार आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले नियोजित रूपमै पूरा भएको परियोजना तथा विकास निर्माणका कामको भुक्तानी रोक्ने कर्मचारीलाई विभागीय कारबाही गर्ने र सो कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनमा समेत सो जोड्ने जनाएको छ ।
बजेट कार्यान्वयनको प्रभावकारिताको दर्जनौं उपायहरू राख्दै उपप्रधानमन्त्री समेत रहेका विष्णुप्रसाद पौडेलले आयोजनाको सिर्जित दायित्व भुक्तानी गर्न ढिलाइ गर्ने कर्मचारी उपर नियम अनुसार विभागीय कारबाही गर्ने र सो यस्तो कार्यलाई कार्यसम्पादन मूल्याङ्कनसँग जोड्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण