राजनीति
जनयुद्ध दिवसमा बिदा दिने प्रस्ताव आएपछि राप्रपाका मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा अनुपस्थित
आइतबार, २९ माघ २०७९, १९ : ४९
काठमाडौं । जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा ल्याएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरू मन्त्रिपरिषद्को बैठकमा अनुपस्थित भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने प्रस्ताव आएपछि असन्तुष्टि जनाउँदै राप्रपाका मन्त्रीहरू बैठकमा अनुपस्थित भएका हुन् ।
मन्त्रिपरिषद् बैठकले जनयुद्धको अवसरमा फागुन १ गते भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सो बैठकमा राप्रपाका मन्त्रीहरू सहभागी नभएको एक मन्त्रीले बताए ।
राप्रपाबाट उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्रीमा विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषद्मा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण