राजनीति
जनयुद्ध दिवसमा बिदा दिने प्रस्ताव आएपछि राप्रपाका मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा अनुपस्थित
आइतबार, २९ माघ २०७९, १९ : ४९

काठमाडौं । जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा ल्याएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरू मन्त्रिपरिषद्को बैठकमा अनुपस्थित भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने प्रस्ताव आएपछि असन्तुष्टि जनाउँदै राप्रपाका मन्त्रीहरू बैठकमा अनुपस्थित भएका हुन् ।
मन्त्रिपरिषद् बैठकले जनयुद्धको अवसरमा फागुन १ गते भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सो बैठकमा राप्रपाका मन्त्रीहरू सहभागी नभएको एक मन्त्रीले बताए ।
राप्रपाबाट उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्रीमा विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषद्मा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे
-
इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु