वीरेन्द्रनगरमा बसको ठक्करबाट महिलाको मृत्यु, आफन्तद्वारा क्षतिपूर्तिको माग गर्दै आन्दोलन
सुर्खेत । आइतबार वीरेन्द्रनगरमा बसको ठक्करबाट मृत्यु भएकी वृद्ध महिलाका आफन्त सोमबार बिहानैदेखि आन्दोलनमा उत्रिएका छन् । विभिन्न माग राख्दै आफन्तहरू आन्दोलनमा उत्रिएका हुन् ।
मृत्यु हुने महिला जाजरकोटको छेडागाड नगरपालिका–६ की अन्दाजी ६२ बर्षीय नदी रावत रहेकी छन् । उनी हाल वीरेन्द्रनगर नगरपालिका–१० को बामेखोलामा बस्दै आएकी थिएन । आइतबार दिउँसो साढे २ बजेतिर बा ४ ख ८०६१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । तर प्रहरीले मृतकको पहिचान नै नभएर प्रदेश अस्पताल कालागाउँमा पठायो । अस्पतालले उनलाई मृत घोषणा गरिदियो ।
बुलुबुले चोकबाट बसपार्क आउँदै गरेको उक्त बसले जेब्रा क्रसिङबाट हिँडिरहेको अवस्थामा रावतलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले बताए । आफन्तहरूले आइतबार राति ९ बजेसम्म बसपार्क, मंगलगढी चोक लगायतका ठाउँमा टायर बालेर आन्दोलन गरिरहेका थिए ।

आज बिहानैदेखि पुनः आन्दोलनमा उत्रिएका आफन्तको माग भनेको ‘आफन्तलाई नसोधेर नै किन लास उठाइयो’ भन्ने छ । साथै उचित क्षतिपूर्ति र सवारी चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै अहिले एरिचोक, बसपार्क अगाडी, मंगलगढी चोक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरिरहेका छन् ।
आन्दोलनका कारण प्रदेश राजधानी वीरेन्द्रनगरमा चल्ने सवारी साधनहरू ठप्प भएका छन् । छिटपुट मोटरसाइकल बाहेकका अन्य सवारी साधनहरू ठप्प भएका हुन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी शाहीका अनुसार बस चालक फरार रहेका छन् भने बसलाई नियन्त्रणमा लिएर राखिएको छ । फरार बस चालकको खोजी कार्य भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण