कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
सारांश
- कास्कीको अन्नपूर्ण गाउँपालिकामा पहिरोले पाँच परिवारका घर र पशुलाई क्षति पुर्यायो।
- प्रेम बानियाँको घर पूर्ण क्षति, छानबहादुर क्षेत्रीको घर चर्कियो र अन्नबाली नष्ट भयो।
- राजमान विकको गोठमा पाडो मरेको र भैँसी घाइते, मानवीय क्षति भने छैन।
गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच परिवारका घरगोठ तथा पशुचौपायामा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेम बानियाँको एकतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घरभित्र रहेका अन्नपात, लत्ताकपडा तथा भाडावर्तन पुरिएका छन् ।
सोही ठाउँका छानबहादुर क्षेत्रीको घर पहिरोका कारण चर्किएको छ भने करिब तीन रोपनी क्षेत्रफलमा लगाइएको अन्नबालीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
स्थानीय राजमान विकको गोठमा पहिरो पस्दा एउटा पाडो मरेको र एउटा भैँसी घाइते भएको छ । यसैगरी, खुसीमाया विक र पूर्णबहादुर सुनारको घर पहिरोका कारण जोखिममा परेको जनाइएको छ ।
उक्त घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए ।
घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी चौकी घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेल नेतृत्वको प्रहरी टोली उद्धारका लागि घटनास्थलमा खटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण