सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

महाराष्ट्रका मुख्यमन्त्रीसँग नेपाली प्रतिनिधिमण्डलको भेट

नेपाल–भारत सहकार्य विस्तारमा जोड
सोमबार, ११ साउन २०८३, १६ : २३
सोमबार, ११ साउन २०८३

सारांश

  • सांसद सन्दीप रानाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग शिष्टाचार भेटवार्ता गरेको छ।
  • भेटमा लुम्बिनी प्रदेशसभा सदस्य नीमा गिरी, संविधानसभा सदस्य अमरसिंह पुन र उत्तर भारत क्षेत्रका पूर्वअध्यक्ष सुनिता जिसी कुँवर सहभागी थिए।
  • नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने र विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

बुटवल । भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सांसद सन्दीप रानाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। सोमबार सो प्रतिनिधिमण्डलले मुख्यमन्त्री फडणवीससँग मुम्बईस्थित वर्षा बङ्गलामा शिष्टाचार भेट गरेको हो । 

भेटमा लुम्बिनी प्रदेशसभा सदस्य नीमा गिरी, संविधानसभा सदस्य अमरसिंह पुन र उत्तर भारत क्षेत्रका पूर्वअध्यक्ष सुनिता जिसी कुँवर सहभागी थिए।

भेटपछि मुख्यमन्त्री फडणवीसले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले नेपाल र भारत बिचको सम्बन्ध साझा इतिहास, संस्कृति र आपसी विश्वासमा आधारित गहिरो मित्रताले जोडिएको उल्लेख गरे।

भेटवार्तामा दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा साझा प्रगति र समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको फडणवीसले बताएको लुम्बिनी प्रदेशसभा सदस्य निमा गरिले बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप