सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह

सोमबार, ११ साउन २०८३, २० : २८
सोमबार, ११ साउन २०८३

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित रहन आग्रह गरेका छन्। मुख्यमन्त्री कार्कीले साेमबार अपराह्न एक विज्ञप्ति जारी गर्दै घटनामा परी आफ्नो अमूल्य जीवन गुमाउनेहुनेप्रति भावपूर्ण श्रद्धाञ्जी अर्पण गरेका छन्।

उनले यस्तो संवेदनशील समयमा सम्पूर्ण नागरिक अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई अझ सुदृढ बनाउन आह्वान गरेका छन्।

मुख्यमन्त्री कार्कीले भनेका छन्, “सदियौँदेखि हामी नेपाली जाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताबद्ध हुँदै आएका छौँ । यस परिवेशमा घटनालाई उत्तेजित नबनाई संयमतापूर्वक सामाजिक तथा सम्प्रदायिक सद्भाव कायम राख्न सबै सरोकारवाला, नागरिक समाज, राजनीति दल, जनप्रतिनिधि र सञ्चारकर्मीमा हार्दिक अनुरोध गर्दछु ।”

कोशी प्रदेश सरकार पीडित परिवार र घाइतेको साथमा रहेको विश्वास दिलाउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहयोगका लागि प्रतिबद्ध रहेको उनले बताए। उनले नेपाल सरकारलाई अविलम्ब आवश्यक सुरक्षा व्यवस्था मिलाई जनताको जीउधनको रक्षा गर्न अनुरोध गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो दुःख एवं हार्दिक समवेदना व्यक्त गरेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप