नवलपरासीमा ७ महिनामा दश हजारले लिए राहदानी
सोमबार, ०१ फागुन २०७९, १३ : ०६
नवलपरासी । नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) बाट चालु आर्थिक वर्ष २०७९/८० को सात महिनाको अवधिमा दश हजारले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवको माघसम्म १० हजारले राहदानी लिएका हुन् । रामग्राम नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन सामी परियोजनाले वैदेशिक रोजगारमार्फत ५६ प्रतिशत घरमा रेमिट्यान्स भित्रिएको र करिब ४० लाख जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा देश बाहिर रहेका तथ्याङ्क सार्वजनिक गरेको छ ।
वैदेशिक रोजगारीका कारण समाजमा सामाजिक र वैदेशिक समस्या बढ्दो रहेको परियोजनाले जनाएको छ । विगतमा महिला वैदेशिक रोजगारीबाट फर्केपछि कुण्ठित भएर बस्नुपर्ने अवस्था रहेकामा अहिले मानिसको सोच परिवर्तन भएसँगै महिलालाई समाजमा बस्न, घुलमिल हुन केही सहज भएको परियोजनाले निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण