साउथ कलाकार ब्रह्मानन्दमले गरे नीताको तारिफ
काठमाडौँ । भारतीय अभिनेता ब्रह्मानन्दम्ले अभिनेत्री नीता ढुङ्गानाको अभिनयको तारिफ गरेका छन् । फिल्म ‘ह्रस्व दीर्घ’ को छायांकन सेटमा नीताको अभिनयबाट प्रभावित भएर उनले तारिफ गरेका हुन् । नीताले पति हरिहर अधिकारीसँग मिलेर बनाउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ को यतिबेला भारतको हैदरावादको रामोजी फिल्म सिटीमा छायांकन भइरहेको छ । फिल्म अभिनयका लागि साउथ कलाकार ब्रह्मानन्दम, अली पनि स्टुडियोमा उपस्थित छन् ।
स्टुडियोमा नीताको केही दृश्य समेत खिचिएको थियो । सोही सिलसिलामा ब्रह्मानन्दम् नीताको अभिनयको तारिफ गरिएको समेत निर्देशक चन्द्र पन्तले बताए । ‘नेपालमा यस्तो राम्रो अभिनेत्री होला भनेर मैले कल्पना पनि गरेको थिइनँ । तिमी हिरा हौं’ ब्रह्मानन्दम्को शब्द निर्देशक पन्तले दोहोर्याए । ब्रह्मानन्दम् नीतालाई अभिनयको प्रशंसा गर्दै गिफ्ट समेत दिएको पन्तको भनाई छ ।
ब्रह्मानन्दम्को अलवा सुनील बर्मा, ‘गजनी’ का भिलेन प्रदीपराज रावतसँगै नेपाली कलाकार रविन्द्र झा, आदर्श मिश्रा, लक्ष्मी पौडेलको समेत केही पाटोको छायांकन स्टुडियोमा खिचिएको छ । अझै केही दिनको छायांकनपछि फिल्म युनिट नेपाल आउनेछ । भारतको ठूलो ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारीमा समेत भएको फिल्म ४ देखि ५ करोडको नेपालीमा लागतमा बन्ने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण