मधेसका ५४० सहिद परिवारलाई एक लाखको दरले आर्थिक सहयोग
सोमबार, ०१ फागुन २०७९, १५ : ०१
जनकपुरधाम । जनयुद्धमा सहादत प्राप्त गरेका मधेस प्रदेशका ५ सय ४० परिवारलाई एक÷एक लाखको दरले आर्थिक सहयोग गरिएको छ ।
सोमबार जनयुद्ध दिवसको अवसरमा मधेस भवनमा आयोजित एक समारोहमा सहिद परिवारहरूलाई नगद रुपैयाँ हस्तान्तरण गरिएको हो ।
प्रदेश सरकारले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रममा प्रमुख अतिथि रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सहिद परिवारलाई एक लाखको चेक हस्तान्तरण गरेका थिए ।
यस्तै केही सहिद परिवारलाई बैंक खातामै रुपैयाँ पठाइने गृह तथा सञ्चार मन्त्रालयका सचिव राम कुमार महतोले जानकारी दिए ।
उपराष्ट्रपति पुनले जनयुद्धका सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण