बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसका ५४० सहिद परिवारलाई एक लाखको दरले आर्थिक सहयोग

सोमबार, ०१ फागुन २०७९, १५ : ०१
सोमबार, ०१ फागुन २०७९

जनकपुरधाम । जनयुद्धमा सहादत प्राप्त गरेका मधेस प्रदेशका ५ सय ४० परिवारलाई एक÷एक लाखको दरले आर्थिक सहयोग गरिएको छ ।

सोमबार जनयुद्ध दिवसको अवसरमा मधेस भवनमा आयोजित एक समारोहमा सहिद परिवारहरूलाई नगद रुपैयाँ हस्तान्तरण गरिएको हो ।  

प्रदेश सरकारले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रममा  प्रमुख अतिथि रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सहिद परिवारलाई एक लाखको चेक हस्तान्तरण गरेका थिए । 

यस्तै केही सहिद परिवारलाई बैंक खातामै रुपैयाँ पठाइने गृह तथा सञ्चार मन्त्रालयका सचिव राम कुमार महतोले जानकारी दिए ।

उपराष्ट्रपति पुनले जनयुद्धका सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप