रवि लामिछानेको विषयमा एलिना भन्छिन्, ‘मैले त्यसरी गाली गर्नुपर्ने के गरेकी छु र ?’
काठमाडौँ । रवि लामिछाने चिन्दिनँ भनेको विषयमा गायिका एलिना चौहानले स्पष्टीकरण दिएकी छन् । उनले सामाजिक संजालमा एकपोष्ट गर्दै रवि लामिछाने चिन्दिन भनेको भन्दापनि पर्सनर्ली चिनजान नभएको बताएको स्पष्ट पारेकी हुन् ।
‘मैले रवि लामिछाने चिन्दिनँ भनेको भन्दा पनि पर्सनर्ली अहिलेसम्म देखभेट नभएको र अन्तरवार्ता, कार्यक्रम नभएको हुनाले पर्सनर्ली चिन्दिनँ भनेकी थिएँ’ उनले अगाडि भनेकी छन्, ‘रवि दाइ समाजसेवी र युवा नेता हो । त्यसमा कुनै शङ्का छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला ।’
टिकटकतिर सानो क्लिप काट्दै अर्थको अनर्थ लगाएर गलत व्याख्या गर्ने काम भएको उनको बताइन् । उनले भनिन्, ‘भावनामा बगेर भन्दा पुरै अन्तरवार्ता हेरेर मात्र आफ्नो धारणा बनाउनु होला ।’ उनले पुरै अन्तर्वार्तामा आफूले गाली गर्नुपर्ने त्यस्तो कुनै काम समेत नगरेको बताइन् ।
‘म हजुरकै छोरी, चेली र बहिनी हो । त्यसैले त्यति तल झरेर गाली नगरिदिनु होला । मैले जानीजानी कुनै गल्ती गरेकी छैन,’ उनले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सीआईबीले मनायो १६ औँ स्थापना दिवस
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
-
राज सिग्देलको सुमधुर गजलमा झुम्यो दोहा
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण