फागुन १० गतेसम्म सत्ता गठबन्धन भत्किन्छ : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन १० गते सात दलीय सत्ता गठबन्धन भत्किने दाबी गरेका छन् । सोमबार रुपन्देहीमा आयोजित कार्यकर्ता भेलामा महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमाले नेतृत्वको गठबन्धन फागुनको १० गतेसम्म भत्किने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संवादमा रहेका थापा भन्छन्, ‘पुस १० मा बनेको गठबन्धनबारे फागुन १०मा नयाँ समाचार सुन्न पाउनुहुनेछ ।’ निर्वाचन अघिको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्युँतिने उनको दाबी छ ।
राष्ट्रपतिमा पनि कांग्रेसले नै प्रस्ताव गरेको उमेदवार निर्वाचित हुने महामन्त्री थापाले बताए । एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए सिंहदरबार र शीतलनिवासबाट समानान्तर सत्ता चल्ने उनको भनाइ छ । सबै पार्टीले यो कुरा भोगिसकेकाले एमाले उमेदवारलाई भोट नहाल्ने महामन्त्रीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण