त्रिकोणात्मक सिरिज : नामिबियासँग खेल्दै नेपाल
काठमाडौँ । आईसीसी लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु मैदानमा नामिबियासँग खेल्दै नेपालले आज मंगलबार सिरिजको सुरुवात गर्दैछ ।
नेपाल र नामिबियाबीच हुने सिरिजको पहिलो खेल बिहान ९ बजेबाट त्रिवि क्रिकेटछ मैदान कीर्तिपुरमा हुनेछ । आजको खेलमा जित निकाल्दै नेपाल सिरिजको सुखद सुरुवात गर्ने योजनामा छ ।
नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा पाचौं पटक खेल्न लागेको हो । जसमा नामिबियाले तीन खेलमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले एक खेलमा मात्र जित निकालेको थियो ।
पहिलो पटक गतबर्ष स्कटल्याण्डमा भएको विश्वकप लिग टू अन्तर्गतको सिरिजमा नेपाल र नामिबिया खेलेका थिए । उक्त खेलमा नामिबिया ४० रनले विजयी भएको थियो ।
नेपालको घरेलु मैदानमा नामिबियासँग यस अघि लिस्ट ‘ए’ को खेल भने खेलिसकेको छ । सन् २०१६ मा नेपाल र नामिबियाले खेलेका दुई खेलमा नेपालले जिते निकालेको थियो ।
सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण