शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिकोणात्मक सिरिज : नामिबियासँग खेल्दै नेपाल

मङ्गलबार, ०२ फागुन २०७९, ०७ : ३३
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ ।  आईसीसी लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु मैदानमा नामिबियासँग खेल्दै नेपालले आज मंगलबार सिरिजको सुरुवात गर्दैछ ।

नेपाल र नामिबियाबीच हुने सिरिजको पहिलो खेल बिहान ९ बजेबाट त्रिवि क्रिकेटछ मैदान कीर्तिपुरमा हुनेछ । आजको खेलमा जित निकाल्दै नेपाल सिरिजको सुखद सुरुवात गर्ने योजनामा छ । 

नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा पाचौं पटक खेल्न लागेको हो । जसमा नामिबियाले तीन खेलमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले एक खेलमा मात्र जित निकालेको थियो ।

पहिलो पटक गतबर्ष स्कटल्याण्डमा भएको विश्वकप लिग टू अन्तर्गतको सिरिजमा नेपाल र नामिबिया खेलेका थिए । उक्त खेलमा नामिबिया ४० रनले विजयी भएको थियो ।

नेपालको घरेलु मैदानमा नामिबियासँग यस अघि लिस्ट ‘ए’ को खेल भने खेलिसकेको छ । सन् २०१६ मा नेपाल र नामिबियाले खेलेका दुई खेलमा नेपालले जिते निकालेको थियो ।

सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप