शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कुशलले दिलाए नेपाललाई तेस्रो सफलता

मङ्गलबार, ०२ फागुन २०७९, ११ : ३९
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २ मा नेपालले अहिले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका लागि कुशल मल्लले तेस्रो विकेट लिएका छन् । 

उनले नामिबियाका कप्तान जेरार्ड इरमुसलाई ५६ रनमा क्याच आउट गराए । कुशलको बलमा सन्दीप लामिछानेले क्याच गरेका थिए । 

नामिबियाले ३६ ओभर २ बलको समाप्तिमा ३ विकेट गुमाएर १७२ रन बनाएको छ । यसअघि नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप