शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

करणले लिए दोस्रो विकेट, नेपाललाई पाँचौँ सफलता

मङ्गलबार, ०२ फागुन २०७९, १२ : १२
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले अहिले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । 

त्रिवि क्रिकेट मैदानमा नेपालका लागि करण केसीले व्यक्तिगत दोस्रो विकेटसँगै नेपालका लागि पाँचौँ विकेट लिएका छन् । करणले ४४ ओभर १ बलमा जान फ्रिलिङ्कलाई १३ रनमा बोल्ड आउट गराएका हुन् । 

यसअघि करणले नै ४०औँ ओभरको अन्तिम बलमा जान निकोललाई ८ रनमा क्याच आउट गराउँदै नेपालका लागि चौथो विकेट लिएका थिए ।  नामिबियाले ४५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर २३३ रन बनाएको छ । 

यसअघि नेपालका लागि कुशल मल्ल सन्दीप लामिछाने र सोमपाल कामीले विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप