करणले लिए दोस्रो विकेट, नेपाललाई पाँचौँ सफलता
मङ्गलबार, ०२ फागुन २०७९, १२ : १२
काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले अहिले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालका लागि करण केसीले व्यक्तिगत दोस्रो विकेटसँगै नेपालका लागि पाँचौँ विकेट लिएका छन् । करणले ४४ ओभर १ बलमा जान फ्रिलिङ्कलाई १३ रनमा बोल्ड आउट गराएका हुन् ।
यसअघि करणले नै ४०औँ ओभरको अन्तिम बलमा जान निकोललाई ८ रनमा क्याच आउट गराउँदै नेपालका लागि चौथो विकेट लिएका थिए । नामिबियाले ४५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर २३३ रन बनाएको छ ।
यसअघि नेपालका लागि कुशल मल्ल सन्दीप लामिछाने र सोमपाल कामीले विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण