सिरियाले भूकम्पपीडितलाई सहयोग गर्न थप दुई नाका खोल्ने – राष्ट्रसङ्घ
संयुक्त राष्ट्र सङ्घले सिरियाको सरकार विनाशकारी भूकम्पबाट क्षतिग्रस्त देशलाई सहायता पुर्याउन थप दुई वटा सिमाना खोल्न सहमत भएको जनाएको छ ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले यसबारे जानकारी दिएका हुन । उनले बीबीसीसँगको कुराकानीमा भने, ‘यसको प्रभाव ठुलो हुनेछ । अहिलेसम्म हामीले एउटा मात्र क्रसिङ प्रयोग गर्दै आएका छौँ ।’
छिमेकी देश टर्कीमा गएको भूकम्पका कारण दुवै देशमा करिब ४० हजार मानिसको मृत्यु भएको छ ।
सिरियाका जनता आफ्नो युद्धग्रस्त देशलाई सहायताको अभाव भएको भन्दै आक्रोशित छन् ।
राष्ट्रपति बसर अल–असदको सरकारले पश्चिमी देशहरूले प्रतिबन्धका कारण सिरियामा उद्धार कार्यमा अवरोध पुर्याएको आरोप लगाएको छ ।
तर अन्तर्राष्ट्रिय सहायता समूहहरूले ठुलो समस्या भनेको असद सरकारको कुप्रबन्ध र देशका सबै क्षेत्रहरूमा अनुमति दिन अस्वीकार गर्नु हो भनेर बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण