सिरियाले भूकम्पपीडितलाई सहयोग गर्न थप दुई नाका खोल्ने – राष्ट्रसङ्घ

संयुक्त राष्ट्र सङ्घले सिरियाको सरकार विनाशकारी भूकम्पबाट क्षतिग्रस्त देशलाई सहायता पुर्याउन थप दुई वटा सिमाना खोल्न सहमत भएको जनाएको छ ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले यसबारे जानकारी दिएका हुन । उनले बीबीसीसँगको कुराकानीमा भने, ‘यसको प्रभाव ठुलो हुनेछ । अहिलेसम्म हामीले एउटा मात्र क्रसिङ प्रयोग गर्दै आएका छौँ ।’
छिमेकी देश टर्कीमा गएको भूकम्पका कारण दुवै देशमा करिब ४० हजार मानिसको मृत्यु भएको छ ।
सिरियाका जनता आफ्नो युद्धग्रस्त देशलाई सहायताको अभाव भएको भन्दै आक्रोशित छन् ।
राष्ट्रपति बसर अल–असदको सरकारले पश्चिमी देशहरूले प्रतिबन्धका कारण सिरियामा उद्धार कार्यमा अवरोध पुर्याएको आरोप लगाएको छ ।
तर अन्तर्राष्ट्रिय सहायता समूहहरूले ठुलो समस्या भनेको असद सरकारको कुप्रबन्ध र देशका सबै क्षेत्रहरूमा अनुमति दिन अस्वीकार गर्नु हो भनेर बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्ते गरी नक्कली कागजात बनाउने तीन जना पक्राउ
-
बारपाकमा पछिल्लो १० वर्षमा आएको परिवर्तन, तस्बिरमा हेर्नुहोस्
-
मोहन बस्नेतको सांसद पद निलम्बन
-
स्पष्ट ढुवानीमैत्री नीति आवश्यक : सांसद नेम्वाङ
-
क्रान्तिकारी कार्यदिशा नभए जुनसुकै सरकार आए पनि केही हुनेवाला छैन : झलनाथ खनाल
-
मेरिटोक्रेसीबारे ओली : म प्रधानमन्त्री हो, तर म एक्लै त छैन नि देशमा