सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

संसद्‍काे आफ्नै टिभी चलाउनुपर्छ : सांसद प्रदीप यादव

मङ्गलबार, ०२ फागुन २०७९, १३ : २४
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसद्‍काे आफ्नै टिभी चलाउन सुझाव दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा सांसद यादवले नेपालको संसद्‍काे आफ्नै टिभी सञ्चालन गर्नुपर्ने बताएका हुन् । 

संसद्‍काे शून्य समय र विषय समयमा सांसदहरूले बोलेका कुरा जनतासमक्ष प्रभावकारी ढङ्गले जान नसकेको भन्दै उनले नियमावलीमा संसद्‍काे टिभी सञ्चालनको व्यवस्था गर्ने नियम राख्न आग्रह गरे । 

उनले भने-"भारतमा पनि विधान सभा र लोकसभाको आफ्नै टिभी छ । हाम्रो संसद्मा बोलेको कुरा दुई चार जनाको मात्र समाचारमा जान्छ । हाम्रो पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाको टिभीको व्यवस्था गर्नुपर्‍यो । ठुला नेताले बोलेको कुरा मात्र समाचारमा जान्छ । सबैकाे कुरा जनतासमक्ष पुर्‍याउन आफ्नै  टिभीको आवश्यक छ ।"

यस्तै उनले संसद्‍काे पोसाक सभामुखले निर्धारण गरेबमोजिम हुने भन्ने व्यवस्था नगर्न आग्रह गरे । बरु मर्यादित पोसाक भन्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप