संसद्काे आफ्नै टिभी चलाउनुपर्छ : सांसद प्रदीप यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसद्काे आफ्नै टिभी चलाउन सुझाव दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा सांसद यादवले नेपालको संसद्काे आफ्नै टिभी सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
संसद्काे शून्य समय र विषय समयमा सांसदहरूले बोलेका कुरा जनतासमक्ष प्रभावकारी ढङ्गले जान नसकेको भन्दै उनले नियमावलीमा संसद्काे टिभी सञ्चालनको व्यवस्था गर्ने नियम राख्न आग्रह गरे ।
उनले भने-"भारतमा पनि विधान सभा र लोकसभाको आफ्नै टिभी छ । हाम्रो संसद्मा बोलेको कुरा दुई चार जनाको मात्र समाचारमा जान्छ । हाम्रो पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाको टिभीको व्यवस्था गर्नुपर्यो । ठुला नेताले बोलेको कुरा मात्र समाचारमा जान्छ । सबैकाे कुरा जनतासमक्ष पुर्याउन आफ्नै टिभीको आवश्यक छ ।"
यस्तै उनले संसद्काे पोसाक सभामुखले निर्धारण गरेबमोजिम हुने भन्ने व्यवस्था नगर्न आग्रह गरे । बरु मर्यादित पोसाक भन्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण