समाचार
एउटा संसद्ले नटुङ्गयाएकाे महाभियोग अर्को संसद्ले टुङ्गो लगाउने नियम बन्दै
मङ्गलबार, ०२ फागुन २०७९, १३ : ४९
काठमाडौँ । राज्यका संवैधानिक निकायका पदाधिकारीमाथि प्रतिनिधिसभाले लगाएको महाभियोग एउटा संसद्काे कार्यकालमा नटुङ्गिए त्यसको दायित्व अर्को प्रतिनिधि सभामा सर्ने नियम बनाउनेबारे सांसदहरूबीच सहमति भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा महाभियोग लगाउने प्रतिनिधि सभाको समय सकिएर काम पूरा नभए त्यसले गरेको कामको दायित्व नयाँ निर्वाचित प्रतिनिधि सभामा सर्ने व्यवस्था गर्न लागिएको हो ।
कुनै पदाधिकारीमाथि महाभियोग लगाइसकेपछि प्रतिनिधि सभाको कार्यकाल ५ महिना भन्दा कम समय रहेको महाभियोगको बाँकी काम निर्वाचित भएर आउने प्रतिनिधि सभाले टुङ्गो लगाउने भन्ने नियम राख्न लागिएको हो । यसअघि ३ महिनाभित्र महाभियोग सिफारिस समितिले काम सक्नुपर्ने र महाभियोग दर्तापछि ५ महिनाभित्र टुङ्गो लगाउनुपर्ने नियम राख्न सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण