समाचार
एउटा संसद्ले नटुङ्गयाएकाे महाभियोग अर्को संसद्ले टुङ्गो लगाउने नियम बन्दै
मङ्गलबार, ०२ फागुन २०७९, १३ : ४९

काठमाडौँ । राज्यका संवैधानिक निकायका पदाधिकारीमाथि प्रतिनिधिसभाले लगाएको महाभियोग एउटा संसद्काे कार्यकालमा नटुङ्गिए त्यसको दायित्व अर्को प्रतिनिधि सभामा सर्ने नियम बनाउनेबारे सांसदहरूबीच सहमति भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा महाभियोग लगाउने प्रतिनिधि सभाको समय सकिएर काम पूरा नभए त्यसले गरेको कामको दायित्व नयाँ निर्वाचित प्रतिनिधि सभामा सर्ने व्यवस्था गर्न लागिएको हो ।
कुनै पदाधिकारीमाथि महाभियोग लगाइसकेपछि प्रतिनिधि सभाको कार्यकाल ५ महिना भन्दा कम समय रहेको महाभियोगको बाँकी काम निर्वाचित भएर आउने प्रतिनिधि सभाले टुङ्गो लगाउने भन्ने नियम राख्न लागिएको हो । यसअघि ३ महिनाभित्र महाभियोग सिफारिस समितिले काम सक्नुपर्ने र महाभियोग दर्तापछि ५ महिनाभित्र टुङ्गो लगाउनुपर्ने नियम राख्न सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?
-
इजलासमै पानी परेपछि सुनुवाइ स्थगित
-
'एकीकृत एनआरएनएका लागि खुला संवादका पक्षमा छौँ' (निष्कर्षसहित)
-
जलवायु परिवर्तनबारे सामूहिक आवाज उठाउनुपर्छ – मन्त्री राणा