सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रानीमहलमा प्रेम जोडीद्वारा माया साटासाट

मङ्गलबार, ०२ फागुन २०७९, १७ : ४०
मङ्गलबार, ०२ फागुन २०७९

पाल्पा। नेपालको ताजमहल भनेर चिनिने प्रेमको प्रतीक पाल्पाको रानीमहलमा प्रेम दिवस (१४ फेब्रुअरी) को दिन मङ्गलवार प्रेम जोडीहरू सम्मानित भएका छन् । 

मङ्गलवार रानीमहल पुगेका प्रेम जोडीहरूले एक आपसमा गुलाफको फूलसहित माया साटासाट गर्दै प्रेमलाई आजीवन बनाउने प्रण गरे । रानीमहललाई स्थापित गर्न प्रेम जोडीलाई सम्मान तथा प्रेम साटासाट गर्ने कार्यक्रम गरिएको तानसेनका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए । रानीमहलमा दुई दर्जन प्रेम जोडीहरू सम्मानित भए ।

तानसेन नगरपालिकासँग नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) लुम्बिनी प्रदेशले पनि समन्वय गरेर कार्यक्रम गरिएको लागिएको नाट्टाका प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । 

उत्तर बाहिनी गंगाको दर्शन गरी रानीमहलको महादेव मन्दिरमा सिक्का चढाउने र दिइने बचनले युगौँ युगसम्म प्रेम अमर रहन्छ भन्ने मान्यता रहिआएको छ ।  यही मान्यतालाई देश विदेशसमक्ष पुर्याउन र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न रानीमहलमा विविध कार्यक्रम गरिएको नगर प्रमुख श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप