रानीमहलमा प्रेम जोडीद्वारा माया साटासाट
पाल्पा। नेपालको ताजमहल भनेर चिनिने प्रेमको प्रतीक पाल्पाको रानीमहलमा प्रेम दिवस (१४ फेब्रुअरी) को दिन मङ्गलवार प्रेम जोडीहरू सम्मानित भएका छन् ।
मङ्गलवार रानीमहल पुगेका प्रेम जोडीहरूले एक आपसमा गुलाफको फूलसहित माया साटासाट गर्दै प्रेमलाई आजीवन बनाउने प्रण गरे । रानीमहललाई स्थापित गर्न प्रेम जोडीलाई सम्मान तथा प्रेम साटासाट गर्ने कार्यक्रम गरिएको तानसेनका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए । रानीमहलमा दुई दर्जन प्रेम जोडीहरू सम्मानित भए ।
तानसेन नगरपालिकासँग नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) लुम्बिनी प्रदेशले पनि समन्वय गरेर कार्यक्रम गरिएको लागिएको नाट्टाका प्रदेश अध्यक्ष रचना पन्तले बताइन् ।
उत्तर बाहिनी गंगाको दर्शन गरी रानीमहलको महादेव मन्दिरमा सिक्का चढाउने र दिइने बचनले युगौँ युगसम्म प्रेम अमर रहन्छ भन्ने मान्यता रहिआएको छ । यही मान्यतालाई देश विदेशसमक्ष पुर्याउन र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न रानीमहलमा विविध कार्यक्रम गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण